Skip to content
Prabhu

इजरायलमा नेपाली त्रसित भएपनि सुरक्षित

काठमाडौं । इजरायलमा इरानले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणपछि त्यहाँ रहेका नेपालीहरु त्रसिद डरको अवस्थामा रहेका छन् ।

नेपालीहरु बस्ने सबै जसो क्षेत्रमा इरानले ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेको थियो । इजरायलको एन्टी डोम प्रणालीको कारण क्षति भएको छैन । यद्यपी युद्ध चर्कने हुँदा नेपालीहरु त्रासको वातावरणमा रहेको छन् ।

गैरआवासीय नेपाली संघ,इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी अहिलेसम्म इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको बताउँछन् । लगानीन्यूजसँगको कुराकानीमा भण्डारीले इजरायल सरकारले बनाएको नीति अनुसार यहाँ बस्ने नेपालीलाई बस्नको लागि आग्रह गरिएको बताए ।
“एक्कासी भएको आक्रमणले डर लाग्नु स्वभाविक नै हो,”भण्डारीले भने,“इजरायलले बनाएको प्रतिरक्षा प्रणालीको लागि क्षति भएको छैन।”

इजरायलमा करिब ५ हजार नेपाली रहेको अनुमान छ ।

गत अक्टोबरमा हमासले आक्रमणमा १० जना नेपाली विद्यार्थीको इजरायलमा मृत्यु भएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal