Skip to content
Prabhu

पेन्सन कोषको ४ अर्ब ३० करोड राष्ट्र बैंकले ब्याजमा लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंक आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

२०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म केन्द्रीय बैंकले कुल १८७ दिन (छ) महिना मुद्दती निक्षेपमा उक्त रकम राख्ने भएको हो । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इजाजतप्राप्त बैंक तथा वित्त कम्पनीहरूलाई दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले २०८१ वैशाख ४ गते बेलुका ५ बजेसम्म तोकिएको रकमसहित ब्याजदर प्रस्ताव गर्न सक्नेछन् ।

वाणिज्य बैंकका लागि ३ अर्ब ४४ करोड रुपैयाँ छुट्टाइएको छ भने विकास बैंकहरुका लागि ६४ करोड ५० लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २१ करोड १५ लाख रुपैयाँ छुट्टाइएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप चाहने बैंक तथा वित्तीय कम्पनीले सञ्चालनको २ वर्ष पूरा गरेको हुनुपर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal