Skip to content
Prabhu

सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयर बाँडफाँट

 

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।

उक्त कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर चैत ३० गते बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४५ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने आवेदकले सेयर पाएका छन् । यसअघि कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म १ करोड ४५ लाख कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

सो अवधिमा कम्पनीले बिक्री नभएको सेयर चैत १२ गतेदेखि चैत २० गतेसम्म लिलामीमा ल्याएको हो ।यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (वैशाख ३ गते) बाट फिर्ता हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal