Skip to content

लगानी सम्मेलनमा सम्झौताः कार्यान्वयन हुने बेलामा खारेज गर्ने सरकारी नीति, बाहिरिए विदेशी लगानीकर्ता

nabil bank

काठमाडौं । ५ वर्ष अगाडि २०७५ सालमा सम्पन्न भएको लगानी सम्मेलनमा १७ वटा परियोजनामा १७ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव आयो ।

लगानी सम्मेलनको अन्तिम दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १५ वटा सम्झौतामा हस्ताक्षर नै भयो ।

त्यो बेला चौधरी ग्रुप र र सर्राफ ग्रुप बीच मल्टी–मोडल लजिस्टिक पार्क बनाउन १० अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भयो । यस्तै चौधरी ग्रुपले नै स्पाई पावरसँग मिलेर ६ सय मेगावाटको सोलारर पावर बनाउन ५० अर्बको लगानीको सम्झौता गरेको थियो ।

सीजी लाइफसेल र टर्कसेल– फाइभजी मोबाइल नेटवर्क– २५ अर्ब तथा प्रदेश २ र सीजी इन्फ्रास्ट्रक्चर– २ सय मेगावाट ऊर्जा प्लान्ट–१२ अर्ब लगानी गर्ने सम्झौता भएको थियो । लगानी सम्मेलनमा चारवटा परियोजनामा करिब १ खर्ब लगानीको सम्झौता चौधरी ग्रुपले गरेको थियो । यसबाहेक चौधरी ग्रुपको लगानी रहेको युनाइटेड फाइनान्सले मुथुत फाइनान्ससँग ४० करोड लगानी ल्याउने सम्झौता गरेको थियो ।

अरुण तेस्रोमा लगानीको लागि सतलज र नेपाली बैंकहरुसँग ऋण लगानीको सम्झौता भएको थियो । एसबीआई बैंक, एभरेस्ट बैंक, नबिल बैंक र सतलज– ९ सय मेगावाटको अरूण तेस्रो– ७८ अर्ब ६० करोड ऋण दिने सम्झौता गरेका थिए ।

सिन्हवा वाटर कन्जरभेन्सी एन्ड हाइड्रोपावर इन्भेस्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांघाई इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युसन– १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको लागि ४२ अर्ब लगानी गर्ने सम्झौता भयो । यस्तै आईएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण– सिमरा विशेष आर्थिक क्षेत्रको लागि १० अर्बको लगानी गर्ने सम्झौता भयो ।

सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट– बुटिक भिलेजको लागि ६ अर्ब लगानी गर्ने सम्झौता भयो ।
एनआरएन र उद्योग विभाग– प्रत्यक्ष वैदेशिक लगानी– १० अर्ब, नेसनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेड– अन्नबाली भण्डारण केन्द्र– २० अर्ब, कोरियाली कम्पनी– २१६ मेगावाटको माथिल्लो त्रिशूली–१– ७२ अर्ब ८० करोड अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनी– नेपालमा ऊर्जा विकास– १ खर्ब ७५ अर्ब डोल्मा फन्ड– २ अर्ब, बल्क टर्मिनल लजिस्टिक पार्क– ६ अर्ब ५० करोडको लगानीको सम्झौता भएको थियो ।

लगानीको नै सम्झौता परियोजनाहरु हेर्दा अरुण तेस्रो र तत्कालिन युनाइटेड फाइनान्सले मुथुत फाइनान्समा भित्रिएको लगानी आयो । यस्तै कोरियाली लगानीमा २१६ मेगावाटको परियोजना समेत अगाडि बढेको छ । यसबाहेक अन्य परियोजना भने अगाडि बढ्न सकेनन् ।

५ वर्ष अगाडि करदाताको ४ करोड खर्च गरेर भएको सम्मेलनबाट सोचे अनुसार लगानी आएन । सम्झौता भइसकेका परियोजनामा लगानी आउन नसक्नुको कारण सरकारको नीति नै थियो ।

लगानी सम्मेलनमा देखाउनको लागि सम्झौता गर्ने पछि लगानी आउने बेला परियोजना नै अगाडि नबढाउने र सम्झौता नै खारेज गर्ने नीति सरकारले लियो ।

बाहिरिए विदेशी लगानीकर्ता

सरकारले लगानीकर्तालाई आकर्षण गर्ने नीति लिएपनि विदेशी लगानीकर्ता भने बाहिरिन थालेका छन् । उदाहरणको लागि २०४९ सालमा नेपालमा मेडिकल कलेज सञ्चालन गर्न आएको भारतको मणिपाल ग्रुप २०७८ सालमा बिक्री गरेर बाहिरियो । यस्तै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको विदेशी लगानीकर्ता मलेसियाको आजियटाले नेपालमा लगानीको वातावरणलाई दोष लगाएर बाहिरियो ।

बैंकिङ क्षेत्रमा पनि लगानीकर्ता बाहिरिन खोजेका छन् । नबिल बैंकमा रहेको विदेशी साझेदार बंगलादेशको आइसिआइएफसी बाहिर खोजेको ३ वर्षभन्दा बढीसक्यो ।

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंक लगानी झिकेर बाहिरिन खोजेको पाँच वर्ष हुनथाल्यो ।

नेपालले लगानीको आकर्षक गन्तव्य बताएपनि लगानी बढ्नुको सट्टा झन भएको लगानी समेत बाहिरिने अवस्था बढ्न थालेको छ ।

“सरकारको लगानीको नीति नै स्पष्ट छैन, बारम्बार नीतिहरु परिवर्तन हुन्छन्,”विदेशी लगानीकर्तासँग साझेदारीमा काम गरेका एक व्यवसायीले भने,“सरकारको नीति सम्मेलनमा बोलाउने त्यसपछि त्रसाउने छ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life