Skip to content
Prabhu

नियम विपरित सुप्रिम सहकारीबाट रवि लामिछानेले लिए २ करोड ऋण

काठमाडौं । उपप्रधान एव्म गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट नियम विपरित २ करोड कर्जा लिएको खुलेको छ ।

लामिछानेले आफू सहकारीमा बचतकर्ता,सेयर सदस्य नभएको बताएका थिए । सहकारीमा सदस्यले मात्र ऋण लिन पाउने व्यवस्था रहेको छ ।

रवि लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीले १३ करोडभन्दा बढी ऋण लिएको छ । राजनीतिमा आउनु अगाडि लामिछानेले गोर्खा मिडियाको सेयर बिक्री गरेको बताएका छन् ।

बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अरुलाई मुद्दा दायर गरेपनि रवि लामिछानेलाई भने उन्मुत्ती दिएको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र नीता थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष सहित पक्राउ परेका विरुद्ध मुद्दा दर्ता गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal