Skip to content
Prabhu

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बन्जी नेपालमा १५ सय छुट

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र बन्जी नेपाल एडभेन्चर प्रालिबीच सम्झौता भएको छ । बन्जी गर्दा बैंकका ग्राहकहरुले विशेष सुविधा प्राप्त गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बन्जी नेपाल एडभेन्चर प्रालिमा गई एकल बन्जी गर्दा १ हजार र जोडी बन्जी गर्दा १ हजार ५ सयसम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal