Skip to content
Prabhu

मंगलबार नेप्से १४.८१ अंकले घट्यो, कारोबार २ अर्ब १० करोड

 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ म पुगेको हो ।

आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ कारोबार भएको छ । मंगलबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीआई डिबेन्चर २०८९ को सेयरमा सर्किट लागेको हो ।

साथै, गुराँस फाइनान्सको ९.९६ प्रतिशत, सिभिल बैंक डिबेन्चर २०८८ को ८.१९ प्रतिशत, ग्रिन डेभलप्मेन्ट बैंकको ५.०२ प्रतिशतसहित ६८ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal