Skip to content
Prabhu

चैते दसैँमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो

nabil

गोरखा । चैते दसैँका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइनबद्ध छन् ।

‘‘भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ’, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भने, ‘मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।’ मन्दिरमा एकैदिन सात हजार पाँच सयभन्दा बढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उनको भनाइ छ ।

भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उनको अनुमान छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौँ, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चैत्राष्टमी र चैतेदसैँमा कालिका मन्दिरमा विशेष पूजाआज हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ । मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । कालिका मन्दिरसँंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal