Skip to content
Prabhu

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट पाउने

काठमाडौं । प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र वन्डर्स नेपालबिच भएको समझदारीसँगै छुट पाउने भएका छन् ।

प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटि‌ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहक तथा कर्मचारीले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

बैंकले ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौता विभिन्न अस्पताल,रेष्टुरेन्ट, होटल,पार्लर,डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal