काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रबि लामिछानेले आफूले सुप्रिम सहकारीबाट ऋण नलिएको दाबी गरेका छन् ।
लामिछानेले सहकारीबाट ऋण लिँदा आफ्नो नाम मात्रै लेखिएको भएपनि सञ्चारमाध्यमले तथ्यलाई प्रस्तुत नगरेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेका लामिछानेले सहकारी रकम ठगी गरी फरार रहेका जीबी राईका बदमासीको जिम्मा आफूले लिनुपर्ने हो ? भनेर प्रश्न गरेका छन् ।
कान्तिपुर लगायतका केही मिडियाहरुले आज फरक तरकारी पस्केछन्। “आलु काउली” खाँदा खाँदा वाक्क लाग्याथ्यो। आज “काउली आलु” आएछ। फरक त्यत्ति हो।
भ्रम पढेर भ्याइ सकियो होला भन्ने सम्झेर केही तथ्यहरु २ बुँदामा राख्दैछु:
बुदा नं. १:
रवि लामिछानेको नाममा Fake धितो ऋण खाता Create गरी…— Rabi Lamichhane (@hamrorabi) April 16, 2024
प्रतिक्रिया दिनुहोस्