Skip to content

आजदेखि काठमाडौंका यी स्थानमा चार दिनसम्म दैनिक ६ घण्टा लोडसेडिङ हुने

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज वैशाख ५ गतदेखि वैशाख ८ गतेसम्म दैनिक ६ घण्टा बिजुली कटौती हुने भएको हो । चार दिनसम्म लगातार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली जाने भएको छ ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर तारेले बदलीगरी मर्मत कार्य गर्न लागिएको हुँदा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसन पछाडि) छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime