काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६६ रुपैयाँ ०५ पैसा छ भने बिक्रीदर १६६ रुपैयाँ ८० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९७ रुपैयाँ १६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २१ पैसा कायम छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८ रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ रुपैयाँ ६६ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र बिक्रीदर २७ रुपैयाँ ९५ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र बिक्रीदर १२ रुपैयाँ २५ पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७ रुपैयाँ १० कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३४ पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्