Skip to content
Prabhu

नेपाल एसबीआई मर्चेन्टमा डिम्याट तथा मेरो सेयर खाता खोल्दा एसईई दिएका विद्यार्थीलाई ५० प्रतिशत छुट

 

काठमाडौं । नेपाल एसबीआई मर्चेण्ट बैंकिङले (एसईई) परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले डिम्याट तथा मेरो सेयर खातामा विभिन्न छुट हुने योजना ल्याएको हो ।

यो योजना जेठ मसान्तसम्म लागु हुने बैंकले जनाएको छ । बैंकले निःशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो सेयरको नवीकरण योजना ल्याएको छ, जसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । बैंकले डिम्याट खाता खोली आजीवन नवीकरण गर्ने भएको छ, जस्मा ८०.१४ प्रतिशत छुट रहेको छ ।

त्यस्तै, डिम्याट खाता खोली आजीवन डिम्याट तथा मेरो सेयर नविकरणमा ८२.३१ प्रतिशत छुट रहेको बैंकले जनाएको छ । उक्त छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालय, ठमेलमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal