Skip to content
Prabhu

अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो, अन्यको कतिमा हुँदै छ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको छ । मंगलबार युरोको खरिद दर १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६१ पैसा र बिक्री दर ८६ रुपैयाँ रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८३ पैसा र बिक्री दर २७ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६२ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal