Skip to content
Prabhu

बुधबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो। आज तेजाबी सुन भने प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal