Skip to content
Prabhu

ज्योति विकास बैंकको ब्याज आम्दानी बढ्दा पनि घट्यो नाफा

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशत कम हो ।

गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढे पनि नाफा घटेको छ । चैतसम्म आइपुग्दा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै, इम्पेयमेन्ट चार्जको रकम बढ्दा नाफामा असर परेको हो । ७१ करोड ४५ लाख रहेको उक्त चार्ज अहिले बढेर ८३ करोड २ लाख पुगेको छ ।

हाल उक्त विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ जम्मा छ । बैंकको वितरणयोग्य नाफा भने २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा ४.९७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal