Skip to content
Prabhu

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायबीच अनलाइन भुक्तानी सम्झौता

 

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय कम्पनीबीच मंगलबार अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

सो सम्झौतासँगै गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यवसायीले प्रभु बैंकमा रहेको खाताबाट सहजै मोबाइल एप्लिकेसनबाटै भुक्तानीसम्बन्धी काम गर्न सक्नेछन् ।

सो सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर र गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरूको उपस्थिति थियो । सार्वजनिक यातायातका सेवाग्राहीले ट्याक्सी चालकसँग रहेको प्रभु बैंकले उपलब्ध गराउने क्यूआरमार्फत झन्झटबिना ट्याक्सी भाडा भुक्तानी गर्न सक्नेछन् ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १ सय ५० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्