Skip to content
Prabhu

कोरोनामा बन्द भएको अन्नपूर्ण होटलमा ८ अर्ब लगानी गर्दै भाटभटेनीका गुरुङ र व्यवसायी श्रेष्ठ

काठमाडौँ । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक थियो, होटल । लगातार महिनौँसम्म भएको बन्दबन्दीका कारण विदेशी पर्यटक आएएनन् भने पर्यटकको भरमा चलिरहेका होटलहरु धमाधम बन्द भए ।
त्यही समयमा बन्द हुने मध्येको एक होटल थियो, काठमाडौँ दरबारमार्गस्थित होटल डेल अन्नपूर्ण । सुरुमा लकडाउन खुल्ने आशामा केही समयका लागि बन्द भएको होटल पछि कर्मचारी कटौतीमा लाग्यो । कर्मचारी कटौतीले पनि धान्ने अवस्था नआएपछि होटलले सबै कर्मचारीलाई बिदा गरेर लामो समयसम्म सञ्चालन नगर्ने अवस्थामा पुग्यो । यद्यपि अहिले पनि कर्मचारीहरुको समस्या समाधान भएको छैन ।
साधारणतयाः पाँच तारे होटल राम्रोसँग सञ्चालन हुन कम्तीमा ४० प्रतिशत अकुपेन्सी हुनुपर्छ । तर कोरोना महामारीपछिको लामो समयसम्म ४० प्रतिशत अकुपेन्सीको अवस्था रहेन । फलस्वरुप  होटलका सञ्चालक सृजना राणाले होटललाई केही समय बन्द गर्ने निर्णय लिइन् ।
अत्यधिक ऋण भएपछि केही जग्गा बिक्री गर्ने प्रयास पनि गरिन् तर जग्गा बिक्री नभएपछि अहिले उक्त होटल ३५ वर्षका लागि भाडामा दिने निर्णय गरेकी छन् । भाटभटेनी डिपार्टमेन्टल स्टारका सञ्चालक मीनबहादुर गुरुङ र उद्योगी व्यवसायी उमेश श्रेष्ठले ३५ वर्षका लागि होटल भाडामा लिएर सञ्चालन गर्ने भएका हुन् ।
उनीहरुले सरकारको सहयोग भएमा तीन वर्षभित्र  होटल पूर्णरुपमा सञ्चालन गर्न सकिने बताएका छन् । होटल पूर्णरुपमा सञ्चालनमा आए दुई हजारभन्दा बढीले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
काठमाडौँको सबैभन्दा महंगो र व्यस्त ठाउँ दरबारमार्गमा४२ रोपनी क्षेत्रफलमा फैलिएको होटल बन्द हुनु सुखद नभएको भन्दै आफूहरुले अग्रसरता लिएको श्रेष्ठको भनाइ छ ।
भाटभटेनीका सञ्चालक गुरुङले मुलुकमा लगानीको वातावरण नभइरहेको समयमा आफूहरुले अग्रसरता लिएको बताए । उनले आफूहरुलेल होटलमा रु आठ अर्ब लगानी गर्ने योजना समेत बताएको सुनाए । उनले सो क्षेत्रमा नौ लाख वर्गफिट क्षेत्रफलको भवन निर्माण हुने समेत उल्लेख गरे ।  उनले सो जग्गामा होटलसँगै सपिङ  मल र भाटभटेनी समेत रहने उल्लेख गरे ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal