Skip to content
Prabhu

संस्थापकलाई छैन नेपाल इन्भेष्टमेन्ट बैंकमा विश्वास, किनेनन् सेयर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीले थप लगानी नगर्ने नीति लिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १३ जना संस्थापक सेयरधनीले २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका थिए । राष्ट्र बैंकको नियम अनुसार संस्थापक सेयर बिक्रीको लागि सुरुमा संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्छ । तर,तोकिएको मितिमा कुनैपनि संस्थापकले सेयर किन्न चासो दिएनन् ।

बैंकले संस्थापक बाहेकको लागि सेयर बिक्रीको लागि सूचना जारी गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको प्रतिफल घट्दो क्रममा रहेको छ । जसले गर्दा संस्थापक सेयरधनीहरु सेयर बिक्री गरेर बाहिरिन खोजेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal