Skip to content
Prabhu

सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउँदै

 

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एम१४ एलटीई ल्याउने भएको छ । यसमा ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसरलगायत सुविधाहरू रहेका छन् ।

यस मोबाइलमा कम प्रकाशको फोटोग्राफीको लागि एफ १.८ लेन्ससहितको ५० एमपी ट्रिपल क्यामेरा रहेको । यसमा १३ एमपी फ्रन्ट क्यामरा पनि छ ।

यसमा ५००० एमएच ब्याट्री र २३ वाट द्रुत चार्जिङ पाउन सकिन्छ । त्यस्तै यसमा क्वालकम स्नापड्रागन ६८० अक्टा–कोर प्रोसेसर रहेको कम्पनीको भनाइ छ ।

यसबाहेक, ग्यालेक्सी एम१४ एलटीई ले ६ जीबीसम्मको र्‍याम प्रदान गर्दछ र यसको र्‍याम प्लस सुविधाले थप ६ जीबी भर्चुअल र्‍याम प्रदान गर्दछ ।

ग्यालेक्सी एम१४ एलटीई दुई आकर्षक रङ्गहरूमा आउँछः नीलो र गाढा निलो । यो ४÷६४ जीबी संस्करणको लागि १६ हजार ९९९ र ६÷१२८ जीबी संस्करणको लागि २१ हजार ९९९ को मूल्य निर्धारण गरिएको छ । यो मोडेल १८ मे २०२४ बाट सुरु हुँदै देशभरका सबै रिटेल आउटलेटहरूमा सजिलै उपलब्ध हुनेछ ।

सबै अधिकृत सामसङ इन्स्टा फाइनान्स स्टोरहरूमा उपलब्ध इन्स्टा फाइनान्स सेवाको साथमा उपभोक्ताहरूले पनि सजिलैसँग उपकरण प्राप्त गर्न सक्छन् । यो सेवामा शून्य प्रतिशत ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ । जसले तपाईंलाई तपाईंको मनपर्ने उपकरण तपाईंको हातमा एक घण्टा भित्र प्राप्त गराउँछ ।

सेवालाई अझ सरल बनाउँदै अहिले उपभोक्ताहरूले सहज रूपमा मात्र आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सक्छन् । इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरूमा नेपालभर उपलब्ध छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal