Skip to content
Prabhu

आज नेप्से १९.५६ अंकले घट्यो, कारोबार रकम २ अर्ब ९ करोड

काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३१५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय २० रुपैयाँ पुगेको छ ।

साथै, २११ सय कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज खानीखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धरै बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal