Skip to content
Prabhu

नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा ५ अर्बले ऋणात्मक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा बढेपनि वितरण योग्य मुनाफा ५ अर्ब ८ करोडले ऋणात्मक भएको छ ।

बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नाफा बढेपनि वितरण योग्य मुनाफा ऋणात्मक भएको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २७ करोड नाफा गरेको छ । गतवर्ष चैत मसान्तसम्म बैंकको नाफा ३ अर्ब ४ करोड थियो ।

ब्याज आम्दानी ११ अर्ब ३ करोड भएपनि सञ्चालन नाफा घटेको छ । चैत मसान्तसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब १२ अर्ब कर्जा दिएको छ ।

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal