Skip to content
Prabhu

लक्ष्मी सनराइज नाफा बढ्यो, सेयरधनीले पाउने नाफा ऋणात्मक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६१ करोड नाफा गरेको छ । गतवर्ष बैंकको चैत मसान्तसम्म नाफा १ अर्ब २६ करोड रहेको थियो ।

नाफा बढेको देखिएपनि चैत मसान्तसम्म बैंकले सेयरधनीलाई दिन मिल्ने मुनाफा भने ऋणात्मक रहेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार १ अर्ब २४ करोडले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म बैंकले ३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ४९ अर्ब कर्जा दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal