Skip to content
Prabhu

३७ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको नाफा, चैत मसान्तसम्म ८५ करोड नाफा

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३७ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको नाफा ८५ करोड ३६ लाख छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ३५ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकको नाफा घटेसँगै चैत मसान्तको वित्तीय विवरण अनुसार सेयरधनीलाई बाँड्न मिल्ने नाफा ऋणात्मक भएको छ । ३० करोडले चैत मसान्तको वित्तीय विवरण अनुसार वितरण गर्न मिल्ने नाफा ऋणात्मक रहेको छ ।

बैंकले चैत मसान्तसम्म १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २६ अर्ब कर्जा दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal