Skip to content
Prabhu

२ अर्ब २५ करोडको सेयर कारोबार, नेप्से परिसूचक १२.२९ अंकले बढ्यो

काठमाडौं । पछिल्लो सातादेखि लगातार घटिरहेको सेयर बजार साताको पहिलो दिन आइतबार बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा २ अर्ब २५ करोडको सेयर कारोबार हुँदा नेप्से परिसूचक १२.२९ अंकले बढेको छ ।

आइतबारको कारोबारमा परिसूचक १९५४ अंकसम्म पुगेर फर्किएको थियो ।

बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदै गएको भएपनि त्यसको प्रभाव सेयर बजारमा देखिएको छैन ।

सेयर बजारका लगानीकर्तामा देखिएको निराशाको कारण २ हजार बिन्दुभन्दा तल नआउने अनुमान गरेपनि परिसूचक त्योभन्दा तल झरेको हो ।

बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण नकारात्मक आएको तथा अन्य सूचिकृत संस्थाको वित्तीय विवरण आउन बाँकी रहेको हुँदा लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेका छन् ।

आइतबार सबैभन्दा बढी कमाउनेमा डोल्टी पावरका लगानीकर्ता रहेका छन् भने गुमाउनेमा पिपुल्स पावरका लगानीकर्ता रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal