Skip to content
Prabhu

विशेष अदालतबाट सफाइ पाएपछि मधु मरासिनीलाई अर्थसचिवको जिम्मा, डेढवर्षपछि अर्थमन्त्रालय फर्किए

काठमाडौं । विशेष अदालतले भष्ट्राचार सम्बन्धि मुद्दामा सफाइ दिएपछि मधु मरासिनीले अर्थसचिवको जिम्मेवारी पाएका छन् ।

बजेट आउनु ३५ दिन बाँकी रहेको बेला सरकारले अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो ।

जनार्दन शर्मा अर्थमन्त्री भएको बेला मरासिनी अर्थसचिव दिए । बजेट आएपछि अनाधिकृत व्यक्तिलाई शर्माले प्रवेश गरेको विवाद आएपछि उनी मन्त्रालयबाट बाहिरिएका थिए ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ अर्थ मन्त्रालयको लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरेको अभियोग उनीमाथि लागेको थियो । तर उनले ७ वैशाखमा सफाइ पाएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal