काठमाडौं । लगानी सम्मेलनको लागि विश्वका अर्बपतिहरुलाई निम्तो दिएको लगानी बोर्डको वेवसाइट सम्मेलन नजिक आउदै गर्दा नचल्ने भएको छ ।
पछिल्लो साता लगानी बोर्डले बजेट खर्च गर्नको लागि स्वदेश तथा विदेशमा अन्तरक्रिया गर्दै आएको छ ।
सरकारले पनि लगानी सम्मेलनलाई केन्द्रीत गरेर अध्यादेशबाट कानुनहरु संसोधन गरेको छ ।
लगानी सम्मेलनमा परियोजनाहरु वेवसाइटमा राखिएका थिए । यो बेला लगानी बोर्डको वेवसाइट नै नचल्ने भएको हो । सामाजिक सन्जालका प्रयोगकर्ताले लगानी सम्मेलन अगाडि वेवसाइट डाउन भएकोमा लगानी बोर्डको सचिवालयले कसरी लगानी सम्मेलन सफल बनाउछ भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्