Skip to content

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

nabil bank
ट्रकमा आगलागी मलेखु, ११ वैशाखः पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–६ बन्छेटारमा आगलागी हुँदै गरेको भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौँतर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रक । केमिकलहरु आपसमा ठोक्किएक आगो सल्किएको हुन सक्ने चालक सुशील विकको भनाई छ ।तस्बिरः शंकर श्रेष्ठ÷रासस

धादिङ । वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका_६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime