Skip to content
Prabhu

२५ करोडको लगानीमा पोखरामा खुल्यो ‘पोखरा भिलेज’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिका–६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवामा जोड दिन होटल व्यवसायीलाई आग्रह गरे ।
मुख्यमन्त्री अधिकारीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा ६ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक रहेको बताए ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धनमा आकर्षण बढेको बताइन् ।

पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा २५ करोड लगानी भएको जानकारी दिए ।
होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उहाँको भनाइ छ । कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पार्नुभएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal