Skip to content
Prabhu

बुधबार सुन ५ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन छापावाला सुन मूल्य १ लाख ३५ हजार ५ सय रपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, बुधबार चाँदी १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतिताला १ हजार ६ सय ७० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय ६० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३२७ दशमलव ३६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal