Skip to content
Prabhu

सपोर्ट लघुवित्तको खुद मुनाफा ९४.९१ प्रतिशतले बढ्यो

 

काठमाडौं । सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो ।

खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.७८ प्रतिशत विन्दुले घटेर १.४७ प्रतिशतमा आएको छ ।

ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ भने खराब कर्जा घटेको छ । यसैकारण खुद नाफामा आकर्षकण बढोत्तरी हुन सकेको हो । चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal