Skip to content
Prabhu

नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबिच सो योजना सार्वजनिक गरिएको हो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बिमा योजनाको अनावरण गरे । यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ ।

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको योजना बालबालिकासम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो । यसमा बिमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहने छ ।

न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बिमाङ्क रकम २५ हजार तथा अधिकतम बिमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

यस योजनामा प्रस्तावकको बिमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बिमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बिमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोहीदेखि जोखिम प्रारम्भ हुनेछ ।

यस योजनाअन्तर्गत बिमालेख चालु रहेको अवस्थामा बिमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मितिसम्म बिमित प्रस्तावक तथा बिमित बालबालिका जीवित रहेमा सर्तहरूको अधीनमा रही बिमालेखमा उल्लेख भएको बिमाङ्क रकम र आर्जित बोनस बिमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।

बीमा अवधिभित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावकभन्दा अगाडि बिमित बालबालिकाकोे मृत्यु भएमा बिमालेखको सर्तहरूको अधीनमा रही बिमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बिमाशुल्क (पूरक करार तथा अतिरिक्त बापतको बिमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बिमा जोखिम प्रारम्भपछि बिमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बिमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बिमितले भुक्तानी गरेको बिमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बिमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बिमालेख स्वतः अन्त्य हुनेछ ।

त्यस्तै बिमा अवधिभित्र जुनसुकै समयमा बालबालिका छदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बिमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिनेछ । मासिक आय सुविधा बीमाङ्कको १ प्रतिशत बराबरको रकम बिमित बालबालिकालाई भुक्तानी गरिनेछ ।

बिमा अवधिभित्र बिमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्युवापत बिमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्यु वापत बिमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम भुक्तानी गरिनेछ र बिमालेख स्वतः अन्त्य हुनेछ ।

यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधि अनुरूप कम्पनीले गर्नेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम तथा आर्जित बोनस मध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रूपमा प्राप्त गर्न सकिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्