Skip to content
Prabhu

नेप्सेमा सामान्य अ‍ंकको वृद्धि, कारोबार रकम २ अर्ब ५३ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ अंकले बढेर १९९६.१७ मा पुगेर बजार बन्द भएको छ ।

आज ३१३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँ कारोबार भएको छ ।

बुधार सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६ करोड ३३ लाख ९३ हजार २ सय ५८ रुपैयाँका्े कारोबार भएको छ ।

आज ११७ कम्पनीको सेयर मूल्य घट्दा ११२ कम्पनीको बढेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लागेको छ भने माई खोला हाइड्रोपावरको सेयर मूल्य ७.८४ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal