Skip to content
Prabhu

लाभांश दिन नसक्ने अवस्थामा वाणिज्य बैंक, दुई वर्षसम्म नआउने संकेत

काठमाडौँ । यदि तपाईंले कुनै वाणिज्य बैंकको शेयर किनेर राख्नुभएको छ र लाभांशको आशा गर्नुभएको छ भने तपाईंका लागि नराम्रो खबर छ । हुन त समाचारका शीर्षक हेरेर वाणिज्य बैंकको सेयर किनेका धेरै लगानीकर्ता यो समाचार मन नपर्न पनि सक्छ । तर, वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरणले यस्तै संकेत गर्छ । अर्थात् वाणिज्य बैंकका शेयरधनीले लाभाशं पाउने सम्भावना अत्यन्तै न्यून छ ।

 बैंकको वित्तीय विवरणले मात्रै होइन, केही दिन अघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको साधारणसभामा आगामी वर्षपनि लाभांश दिन नसक्ने बताएका थिए ।
मेगा बैंकसँग मर्ज गरेपछि चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो बैंक बनेको सो बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका थिएन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरणले पनि आगामी वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीले लाभांश पाउने छैनन् ।
यही अवस्था बुझेका पाँडेले साधारणसभा शेयरधनीलाई आउने वर्ष लाभांश दिन नसक्ने स्पष्ट पारेका थिए । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो बैंकको शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ५ अर्ब रुपैयाँले ऋणात्मक छ ।
चालु आवको बैंकका वित्तीय विवरण विश्लेषण गर्दा आउने वर्ष एनआईसी एसिया, प्रभु र कुमारी बैंकले शेयरधनी पनि लाभांशविहीन हुने अवस्था छ । अर्र्थात् बैंकसँग लाभांश विरतण गर्न मिल्ने पैसा छैन । शेयरधनीलाई बाँड्न मिल्ने नाफा आर्जन गर्न तीनवटा बैंक आर्थिक वर्षको
अन्त्यमा सफल भए पनि प्राथमिक पुँजीकोष अनुपातका कारण आउने वर्ष लाभांश वितरण गर्न नपाउने अवस्थामा पुग्नेछन् ।


 नेपाल बैकर्स संघका उपाध्यक्ष एवम् माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष कोइराला अर्थतन्त्रमा समस्या भएको कारण बैंकहरुको वितरण योग्य मुनाफा ऋणात्मक भएको बताउँछन् ।
“चैत मसान्तसम्मको वित्तीय विवरणले आगामी वर्ष धेरैजसो बैंकलाई लाभांश
वितरण कठिन हुने देखिन्छ”, कोइरालाले लगानीन्यूजसँग भने, “आगामी तीन महिनामा केही बैंकको अवस्थामा सुधार भएपनि लाभांश पाउने अवस्था भने नहुनसक्छ ।”
गत आर्थिक वर्षको नाफाबाट आठ वटा वाणिज्य बैंकले शेयरधनीलाई लाभांश दिन सकेका थिएनन् । चालु आवको चैत मसान्तसम्मको तथ्यांक विश्लेषण गर्दा आगामी वर्ष १२ वटा बैंकले लाभांश दिन नसक्ने स्थिति देखिएको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा अवस्था केही सुधार हुने कुनै संकेत नदेखिएका कारण बैंकका लगानीकर्ताले आउने वर्ष लाभांश दिने क्षमता देखिएको छैन ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण हेर्दा ९ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक  छ भने एघार वटा वाणिज्य बैंकको सकारात्मक छ । राष्ट्रिय वाणिज्य बैंक सेयर बजारमा सूचिकृत नभएको हुँदा यसको प्रभाव शेयरमा पर्दैन । यस आधारले १० वटा बैंकको विवरण सकारात्मक भएपनि दिनसक्ने सहज अवस्थामा भने छदेखि सातवटा बैंक मात्रै छन् ।
चैत मसान्तसम्मको विवरणमा एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिन सक्ने अवस्थामा छन् । यसबाहेक नबिल, ग्लोबल आइएमई र सानिमा र एसबिआई बैंकका शेयरधनीले लाभांश पाउनसक्छन् । यद्यपि त्रैमासको अन्त्यसम्ममा केही बैंक लाभांश दिने अवस्थामा भने पुग्नसक्छन् । यदि त्यसो भयो भने आगामी वर्ष बढीमा १० वटा बैंकले सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal