Skip to content
Prabhu

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् ।

बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए ।

‘आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्’, प्रहरी नायव उपरीक्षक जैसवारले भने । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal