Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

 

काठमाडौं । एनआइसी एसिया बैंकले आज बिहीबारदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

उक्त बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६८ हजार ८ सय ५ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा लगानीकर्ताले न्यूनतम २५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

वैशाख २१ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal