Skip to content
Prabhu

बिहीबार नेप्से झिनो अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५३ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३०३ स्टकको ४२ हजार १६ पटकको कारोबारमा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३।१३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बिमा, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। घटेर परिसूचकहरुको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal