Skip to content
Prabhu

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय र प्रधानमन्त्रीको सोही निर्णयको पत्रका आधारमा सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख १५ मा इलामा २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal