Skip to content
Prabhu

सहकारीको समस्या समाधानको लागि कानून बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी समस्या समाधानको लागि छिट्टै कानून बनाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहकारी समस्याको समाधानको लागि कानून निर्माण जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहकारीको समस्याको बारेमा मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको जानकारी दिइन् ।

नियमित प्रक्रियाबाट सहकारीको समस्या समाधान नहुँने भन्दै यसको लागि छुट्टै कानुन बनाउने र सहकारी पीडितलाई न्याय दिने बताइन् ।

त्यस्तै सरकारले डढेलो र आगलागी भएर जनधनको क्षति भएको र देशका विभिन्न क्षेत्रमा आगलागी र डढेलोको कारण भइरहेको क्षति न्यूनीकण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ ।

‘सहकारीको समस्याका बारेमा मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भयो । यस सम्बन्धमा तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताहरुले व्यहोर्नुभएको समस्या समाधानको प्रक्रिया सुरु गर्ने । नियमित प्रक्रियाबाट समस्याको समाधान हुँदैन भन्नेकुरामा एकमत क्याबिनेटमा बनेको छ । हामीले फास्ट ट्रयाकबाट विद्यमान कानूनबाट पनि यो सम्भव छैन र विद्यमान संरचनाबाट पनि यो सम्भव छैन । त्यसकारण छिटो भन्दा छिटो यसलाई कानूनी व्यवस्था पनि गर्नुपर्छ र आवश्यक परे संरचना पनि बनाउनुपर्छ । सहकारी पीडितको समस्या छिटो भन्दा छिटो हल गर्नुपर्छ र त्यसको लागि आवश्यक कानूनी प्रक्रियाका कुरा र संरचनाका कुरा पनि फास्ट ट्रयाकबाट गरेर अघि बढाउने कुरामा छलफल भएको छ,’ शर्माले भनिन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal