Skip to content

अख्तियारद्वारा भ्रष्टाचार अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका–१ मा सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गाउँपालिका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्रकुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर सञ्जयकुमार मण्डल र जानकी कन्स्ट्रक्सन मनरा महोत्तरीका सञ्चालक राकेशकुमार रायविरुद्ध आठ लाख ६५ हजार एक सय ४५ रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै आज मुद्दा दायर गरिएको जनाएको छ ।

गुणस्तरहीन काम गरेको र त्यसलाई सदर गरी राज्यको स्रोतको दुरुपयोग गरेको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi