Skip to content

कोकाकोलाले नेपालमा लगानी बढाउने

nabil bank

काठमाडौं । अमेरिकी व्यवसायीहरुको संस्था युएस चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष अतुल केशपले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका थिए ।

यही वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर नेपाल आएका केशपले आज अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेट गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष केशपले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन्। छन् । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको र सूचना प्रविधि क्षेत्र तथा अन्तर्राष्ट्रियस्तरको फनपार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उनको भनाइ छ ।

“कोकाकोलाले धेरै ठूलो स्तरमा लगानी बिस्तार गर्दै छ । अन्तर्राष्ट्रिय स्तरको फनपार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न अमेरिकी लगानीकर्ता इच्छुक छन्’, वरिष्ठ उपाध्यक्ष केशपले भने । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनाउनेमा अमेरिकी लगानीकर्ता आशावादी रहेको विश्वास पनि उनले व्यक्त गरे ।

भेटमा अर्थमन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।  मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि विदेशी लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने नीति लिएको उनको भनाइ छ ।

नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको अर्थमन्त्री पुनको भनाइ थियो । लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका नौ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याउन सिफारिस गरेको बताए ।

‘हामीले अध्यादेशमार्फत् हालसालै मात्र नौ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं । फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा यी कानुनमा थप सुधार गर्दै जाने सोचेका छौं’, अर्थमन्त्री पुनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime