Skip to content
Prabhu

नेसनल हाइड्रोपावरको नोक्सानी घट्यो

 

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्मको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नोक्सानी घटेको छ।

चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो ९ महिनासम्ममा कम्पनीले १ करोड १४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नोक्सानी २ करोड २९ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी बढाउन नसकेपनि खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.०८ प्रतिशत मात्र बढेको छ भने कुल नाफा ७५.३४ प्रतिशत बढेको छ। त्यसैगरी कम्पनीको सञ्चालन मुनाफा ४०४.८४ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा रहेको छ।

२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal