Skip to content
Prabhu

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको मूल्य १ लाख ३५ हजार १ सय ५० रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३३६ दशमलव १३ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal