Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको पाँचौं साधारणसभाले पारित गर्‍यो १५ प्रतिशत नगद लाभांश

काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बुधबार सम्पन्न गरेको छ।भएको हो।

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७१र०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

global
अर्घाखाँची सिमेन्ट

सो सभाले संस्थापक सेयरधनी समूहबाट ५ जना सञ्चालकहरू विष्णुप्रसाद न्यौपाने, विमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ, उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा शिवसिंह कार्की निर्विरोध निर्वाचित भएका छन्। साथै, स्वतन्त्र सञ्चालकमा एकजना नेहा अग्रवाललाई मनोनित गरिएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले कम्पनीका सबै सञ्चालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा सेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

साथै उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन किल्ङकर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्री प्रमाणित र नेपाल गुणस्तरका साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal