Skip to content
Prabhu

बागलुङ–म्याग्दी सडक कालोपत्रे गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला हुँदै म्याग्दी पुग्ने सात किलोमिटर खण्डमा कालोपत्रे गर्न थालिएको छ ।

हटिया बजार– ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म २८ करोड रुपैयाँको लागतमा कालोपत्र गर्ने ठेक्का लागेसँगै काम प्रारम्भ भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले बताए ।

चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो पिच गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ ।

इन्जिनियर पुनले भने, ‘हालसम्म ७० प्रतिशत काम पूरा भएको छ, सात किलोमिटर खण्डमा कालोपत्रको काम प्रारम्भ भएको छ, मौसमले साथ दिए घुस्मेली बजारसम्म पिच गर्ने योजना छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal