Skip to content
Prabhu

टर्कीमा अकाशिँदो महंगीले कसरी गरिबी बढाइरहेको छ ?

एजेन्सी: “यदि मैले क्रेडिट कार्ड प्रयोग गर्न पाइन वा किस्ता तिर्न पाइने भने मैले केही पनि किन्न सक्दिन”, यो भनाइ हो टर्कीकी २६ वर्षे नाज चकारको ।
नाज एक उद्योगमा काम गर्छिन् । उनको कथा टर्कीमा रहने लाखौँ मानिसहरुको जस्तै छ । जो एक क्रेडिट कार्डमार्फत  जीवन निर्वाह गरिरहेका छन् । मार्चमा टर्कीमा वार्षिक मुद्रास्फीति बढेर ६८.५ प्रतिशत पुगेको थियो । यस्तो अवस्थामा अधिकांश मानिसहरु आफ्नो जीवन निर्वाहका लागि क्रेडिट कार्डमा भर परेका छन् ।
नाज भन्छिन्, “महंगीको रेट बढेका कारण हाम्रो पारिश्रमिक र क्रय शक्ति कम भएको छ । सामान्य वस्तु खरिद गर्नका लागि पनि हामीले दुई पटक सोच्नुपर्ने अवस्था आएको छ ।”
टर्कीमा सबैभन्दा ठूलो ट्रेड युनियनमा एक डीआइएसकेका अनुसार टर्कीमा न्यूनतम पारिश्रमिक १७ हजार लिरा (५२४ अमेरिकी डलर) प्रति महिना छ । जबकी गरिबी रेखा २५००० लिरा (७६८ अमेरिकी डलर)भन्दा बढी छ ।
खाद्य पदार्थको मूल्य बढ्दो छ । जसले जीवनयापत गर्न कठीन भएको छ । आर्थिक सहयोग तथा विकास संगठन (ओएसीडी)सँग आबद्ध देशमा टर्कीमा महंगी सबैभन्दा बढ िछ । यो वार्षिक ७० प्रतिशत छ । यो आँकडा ओईसीडीको औसत ६.७ प्रतिशतभन्दा दश गुणा बढी छ ।
नाजका अनुसार भाडाका पाइने वस्तुको मूल्य निकै बढेको छ । जसले चिन्ता गपेको छ । किनभने जब उनले फ्ल्याट छाडेकी थिइन् । तबसम्म त्यसको मूल्य दोब्बर भइसकेको थियो । उनले आफूले कल्पना गरेभन्दा धेरै महंगी बढेको र यसले चिन्ता थपेको बताइन् ।
टर्कीको केन्द्रीय बैंकका पूर्व गभर्नर हाफिज गाए अरकान तकले पनि इस्तान्बुलमा भाडा दिन नसक्ने अवस्था आएको बताएका छ्न । गत जनवरीमा अरकानले भनेका थिए,“ हामीलाई कुनै घर प्राप् भएको छैन । अहिले यहाँ निकै महंगा घर मात्रै छन् । इस्तान्बुलको म्यानहेटन सबैभन्दा महंगो सहर बनेको छ ।”
अपरम्परागत आर्थिक नीति
सन् २०२२ मेमा टर्कीमा मुद्रास्फीति ८६ प्रतिशत थियो । जबकी यो पछिल्लाो २४ वर्षको सबेभन्दा बढी थियो । सबैभन्दा धेरै यातायात, खाद्यान्न र हाउजिङमा भएको छ । मुद्रास्फीति विज्ञका अनुसार त्यो समयमा महंग ि१८६.२७ प्रतिशत थियो ।
राष्ट्रपति रेचेप चैय्यप अर्दोआनले टर्कीको आर्थिक विकासलाई बढावा दिनका लागि महंगी धेरै हुँदा पनि ब्याजदरलाई कम राख्ने नीतिमा जोड दिएका थिए । धेरैजसो बैंकहरुले महंगीसँग लड्नका लागि ब्याजदर बढाएका थिए । तत्कालीन समयमा टर्किमा ब्याज १०.५ प्रतिशत थियो ।
यसतो अवस्थामा मानिसहरुले बैंकबाट क्रेडिट कार्ड लिन र प्रयोग गर्न उचित सम्झिए । किनभने मुद्रास्फीतिको तुलनामा ब्याजदर निकै कम थियो । पछिल्लो समय अर्दोआन दोस्रो पटक निर्वाचित भइपछि आर्थिक नीतिमा परिवर्तन देखिन थाल्यो । मार्चमा केन्द्रीय बैंकले मुद्रास्फीतिमा लगाम लगाउनका लागि अप्रत्याशित रुपमा ब्याजदरमा ५०० बेसिस प्वाइन्टस्स बढाएर ५० प्रतिशत गरियो ।
जसका कारण मानिसहरु गरिबीतर्फ धकेलेन थाले । कम ब्याजदरमा लिएको क्रेडिट कार्डको ब्याजदर यतिबेला निकै बढी छ । जसको असर उपभोक्तमा परेको छ । यद्यपि त्यहाँका मानिसहरुलाई भने अहिले क्रेडिट कार्डको ब्याजदर अधिक भए पनि त्यसको विकल्प नभएको बताउँछन् । उनीहरु बढ््दो क्रेडिट कार्डका कारण गरिबीतर्फ गइरहेको देखिन्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal