Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको ३० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको २ जना संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार १ सय २० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयभित्र संस्थापकहरूबाट खरिद आवेदन नपरेमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरूलाई बिक्री गरिने जानकारी दिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal