Skip to content
Prabhu

आइतबार सुनको मूल्य ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal