Skip to content
Prabhu

भारतीय जलविद्युत निगमले भन्यो– नेपालमा २०३० सम्म ५ हजार मेगावाट बिजुली उत्पादन गर्छौं

काठमाडौं । सतलज जलविद्युत निगमका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर सुशील शर्माले २००८ देखि सतलजले नेपालमा लगानी सुरु गरेको बताए।

शर्माले ९ सय मेगावाटका अरूण तेस्रो जलविद्युत विकासका लागि सम्झौता गरेर नेपालमा लगानी सुरु गरेको उल्लेख गर्दै अहिले करिब २ हजार २ सय मेगावाटका तीन जलविद्युत विकासको अवसर पाएको उल्लेख गरे।

शर्माका अनुसार सतलजले अहिले नेपालको जलविद्युतमा ३ खर्ब ३० अर्ब रुपैयाँ लगानी गरिसकेको छ। हालका तीन आयोजना विकासको विभिन्न चरणमा छन्। ‘नेपालमा २०३० सम्म ५ हजार मेगावाटभन्दा धेरै जलविद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाउन चाहान्छु,’ शर्माले भने। नेपाल लगानी बोर्डले नेपालमा लगानीका लागि सहज वातावरण तय गरिरहेको बताउँदै उनले नेपाल लगानीमैत्री देश भएको उल्लेख गरे।

काम गर्ने सहज वातावरण हुँदा अहिले अरूण तेस्रो जलविद्युत आयोजनाको विकासमा सहज भइरहेको पनि उनले बताए।‘अरूण तेस्रो जलविद्युत आयोजनाको ७४ प्रतिशतभन्दा धेरै प्रगति भइसकेको छ। यो विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्डले खेलेको महत्त्वपूर्ण भूमिकाको एक उदाहरण हो,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal