Skip to content

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम २ अर्ब ९५ करोड

nabil bank

 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक बढेको छ।

आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४६ हजार ५११ पटकको कारोबारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको ७३ लाख ४१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ।

यस दिन नेप्से झिनो अंकले सकारात्मक भएपनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.१७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ। होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक नकारात्मक रहेको छ।

आज तीन स्टकको सयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन गुराँस लघुवित्तको सेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको सेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime